Comments Add Comment

चलचित्र पत्रकारिता दिवसको अवसरमा मकवानपुर शाखाद्वारा ७ जनालाई सम्मान

चलचित्र पत्रकारिता दिवसको अवसरमा मकवानपुरका क्रियाशील चलचित्रकर्मी र सञ्चारकर्मीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले हेटौंडामा एक कार्यक्रमका बिच चलचित्रकर्मी र सञ्चारकर्मीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका कार्यबाहक अध्यक्ष कपिल खड्काको सभाध्यक्षता र बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।

संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट विदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन(पुष्कर लामा)लाई सम्मान तथा पुरस्कृत गरिएको थियो । गिरीलाई १० हजार र दाहाललाई पाँच हजार नगद राशी सहित पुरस्कृत गरिएको हो । त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट दीपक अधिकारीलाई पुरस्कृत गरिएको छ । चलचित्र कलाकर्मी सम्मान २०७८ बाट अभिनेता राज कटुवाललाई सम्मान गरिएको छ । चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट भने दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान २०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, जिल्ला शाखा अध्यक्ष मणिराज गौतम, चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय उपाध्यक्ष दीपज्योती थापा, केन्द्रीय पूर्व अध्यक्ष विदुर गिरी, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोकास्टिङ एशोसिएसन अफ नेपालका उपाध्यक्ष उज्जवल चौलागाई, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, अभिनेता राज कटुवाल, चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारी, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, हेटौंडेली कलाकार शुसान्त कुमार श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर