गायक सन्तोष लामा आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘डर छैन’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरेका छन् । गीतमा नारायण गौतमको शब्द रचना रहेको छ भने हरि लम्सालको सङ्गीत संयोजन रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन कार्की फिचर्ड छन् भने उनलाई साथ दिएका छन् लोकमणि सापकोटा र स्रावनी थापाले । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियो अन्य म्युजिक भिडियो झैँ छैन । यसमा एउटा सिङ्गो कथा समेटिएको छ जसले दैनिक भारी बोकेर गुजारा चलाएर पनि खुसी साथ बाँचेको एक स्वाभिमानी युवाको दैनिकी देखाइएको छ ।

आफ्नो एक्लो ज्यान न कमाउने सपना र कसैलाई केही हुने डर, न कसैको लागी बाँच्नु पर्ने बाध्यता भएको एक युवा जसलाई जीवन हरेक साँझ दुखको कमाइले मिल्ने एक छाक मिठो खाना हो भन्ने लाग्छ । सबै थोक गुमाइसकेको मान्छेलाई गुमाउने डर नहुने भन्ने मार्मिक भाव गीत ले बोकेको छ ।

गीतको अडियो जति भावुक बनाउने खालको छ यसको भिडियो पनि त्यो भन्दा बढी भावुक बनाउने खालको बनेको छ ।  

भिडियो हेर्नुहोस्