Comments Add Comment

के तपाई विविध कारणले टिकटक अकाउन्ट डिलिट गर्न चाहनुहुन्छ ?

सुरक्षाको कारण भन्दै अहिले लोकप्रिय भिडियो शेयरिङ एप टिकटक कतिपय देशले बन्द गरेका छन् । भने धेरै देशहरुमा टिकटक ब्याण्ड हुने सक्ने बताएका छन । 

के तपाई विविध कारणले टिकटक अकाउन्ट डिलिट गर्न चाहनुहुन्छ । आज हामी टिकटक अकाउन्ट कसरी डिलिट गर्ने भनेर जानकारी दिदैछौं । 

टिकटक अकाउन्ट डिलिट गर्न सुरुमा आफ्नो प्रोफाइलमा गएर, तीन ओटा डट भएको आईकनमा थिच्नुहोस । त्यसपछि तपाई सेटिङमा पुग्नु हुनेछ ।  

सेटिङमा गएपछि म्यानेज माई अकाउन्टमा जानुहोस् । त्यहाँ गएपछि केही तल डिलिट अकाउन्ट अप्सन देखिने छ । डिलिट अकाउन्टमा क्लिक गरी सकेपछि भेरिफिकेसनको लागि कोड माग्छ ।

सेन्ड कोडमा क्लिक गरी आफ्नो मोबाइल नम्बरमा आएको कोडलाई राखि अकाउन्ट डिलिट गर्न सकिने छ । यदि अकाउन्ट खोल्दा इमेल प्रयोग गर्नुभएको छ भने इमेल भेरिफिकेसन गरी अकाउन्ट डिलिट गर्न सकिने छ । 

Source : Techpana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर