नेपाल टेलिकमको रिङ्ग–ब्याक टोनमा कोरोना रोकथामको सन्देश

अनलाइन पत्र संवाददाता२०७६-१२-०६ No Comments

काठमाण्डौ – नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस (काेभिड–१९) रोकथामको सन्देश बजाउन थालेको छ ।

नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ । 

सामाजिक उत्तरदायित्व अनुसार कोरोनाको सङ्क्रमणबाट बच्न रिङ्ग–ब्याक टोनमार्फत जनचेतना फैलाइएको टेलिकमले जनाएको छ । 

याे सन्देश सुन्नका लागि ३२१०० मा निःशुल्क फाेन गर्न सकिन्छ । 

Ad
Ad