Comments Add Comment

‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक (भिडियो)

दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार बिहान ८ बजे आमा अग्निकुमारी मिडिया यूट्युबमा सार्वजनिक गरिएको ‘जुनको जुनेली’ बोलको लोक शैलीको गीतमा कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर रहेको छ ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक बसन्तकै संगीत छ । गीतमा दीपकराज र केकीबीच अंकुराउँदै गरेको प्रेमलाई उनिएको छ । साथमा, जितु र सुपुष्पाको प्रेम भाव पनि गीतले बोल्छ । कलाकार केदारको जोडी भने देखाइएको छैन । गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

गीत हेर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर