भुपु पाण्डे र प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ।

झापाबाट अमेरिका बसोवासमा गएका गैरआवासिय नेपाली गीतकार राजेश अर्यालले यस गीतका शब्द लेखेका हुन्। प्रेम भाव बोकेको मायालु बोलको यो गीत एल्बम स्मृतिु भित्र समावेश छ। गीतमा संगीत गायक भूपू पाण्डेको नै रहेको छ।

म्युजिक भिडियोमा सुनिल क्षेत्री र वीना राउतको रोमान्स देख्न सकिन्छ। अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन गरेका हुन्। गीतकार राजेश अर्यालको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।