Comments Add Comment

दुर्घटना अप्डेट– मकवानपुरका धिताल परिवार सवारी गाडी दुर्घटनामा छोरा अनुजको पनि मृत्यु

हेटौंडा – गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार गाडी दुर्घटनामा आज बिहान १७ वर्षिय अनुज धितालको पनि मृत्यु भएको छ । चितवनको सीएमसी मेडिकल कलेजमा उपचारका क्रममा कृष्ण धितालका छोराको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो ।

हिजो देखिनै बेहोस अवस्थामा उपचार गराइरहनु भएका अनुजको आज बिहान साढे चार बजे मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । अहिले धिताल सहित दुर्घटनामा घाइते भएका तीनै जनालाई भरतपुरमा आइसीयुमा राखेर उपचार भइरहेको छ । कृष्ण धिताल र उहाँकी छोरी भने खतरामुत्त रहेको डीआइजी लामाले जानकारी दिनुभयो । काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको स्कारपीयो दुर्घटना हुँदा कृष्ण धितालकी श्रीमती प्रभा गौतम (धिताल) को हिजोनै मृत्यु भएको थियो । उहाँलाई दुर्घटनापछी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा गौतमको मृत्यु भएको हो। बाटोमा ल्याउँदै गर्दा गौतमको मृत्यु भएको प्रहीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्रकिलो जुगेडी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिएको उहाँले वताउनुभयो ।

दुर्घटनामा पर्नुभएका कृष्ण धिताल र उहाँकी छोरी सामान्य अवस्थामा चितवन अस्पतालमा उपचार भइरहेको छ भने । उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर