
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौरमा ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा संचालित पुनर्नवा अस्पताल ९प्राकृतिक चिकित्सा० को शनिबार उद्घाटन भएको छ । गएको असार महिनादेखि सञ्चालनमा आएको अस्पतालको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।अस्पतालको उद्घाटन गर्नु हुदै मुख्यमन्त्री पौडेलले पुनर्नवा अस्पताल सबैको साझा सम्पति भएको र सबैको स्वामित्व हो भन्ने कुरा ग्रहण गर्यौ भने सजिलै अस्पताल माथि उठ्न सक्ने बताउनुभयो ।
हालसम्म पुनर्नवा अस्पतालमा १ सय ४७ जनाले सेवा लिइसकेको अस्पतालका निर्देशक डा। दिपक पौडेलले बताउनुभयो । १ सय ४७ जनाको सेवा शुल्क बापत ७ लाख ४५ हजार आम्दानी गरी अस्पताल संचालन हुने खर्चमा ६५ प्रतिशत खर्च धान्न सफल भएको समेत उहाँले बताउनुभयो । पुनर्नवा अस्पतालका अध्यक्ष ललितकुमार बस्नेतको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको प्रदेश सभाकी सदस्य मुनु सिग्देल, जुनेली माया श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री लम्साल, १२ नम्बर वडा अध्यक्ष ललित घलान लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




