Coronavirus COVID-19

कारागारमा कैदी मृत फेला

[Ads]

Advertisement

अछाम : जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्। 

मंगलबार बिहान ढिलोसम्म  उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शव परीक्षण गरिने जनाइएको छ।

मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले बताए। कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र  जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो समाचार को स्रोत :- thahakhabar

Advertisement

प्रतिक्रिया
Loading...