कोरोनाले विश्व आतंकित  भइरहेको बेला क्क्यानडेली कम्पनी पोर्नहबले इटाली, फ्रान्स र स्पेनका नागरिकलाई  एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ। ‘यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले भनेका छन्, ‘घरमा एक्लै कसरी बस्नु? यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा  सित्तैमा दिने निर्णय गरेका हौं। यसले क्वारेन्टाइनमा बस्ने नागरिकको जीवनमा खुसी ल्याउने अपेक्षा गरेका छौं।’  यस्तो गम्भीर परिस्थितीमा कम्पनीको यो विज्ञापन गर्ने शैलीलाई भने केहीले विरोध गरेका छन्।