भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

अनलाइन पत्र संवाददाता२०७७-०४-२७ No Comments

कोरोना भाईरसका कारण भारतमा मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म १५ लाख ८१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४० हजार १६० जनाको उपचार भइरहेको छ ।

Ad
Ad