हेटौँडामा मोटर साईकल दुर्घटना, एकको मृत्यु , एक घाईते

अनलाइन पत्र संवाददाता२०७७-०४-२७ No Comments

हेटौडा–११ थानाभर्‍याङमा गएराती मोटर साईकल ट्रकको पछाडी ठोकिदा मोटर साईकल चालकको मृत्यु भएको छ । हेटौँडाबाट चितवन तर्फ जादैँ गरेको ना ५ ख ५६७९ नम्बरको ट्रकको पछाडि भागमा हेटौँडा बजारबाट नवलपुर तर्फ जादैँ गरेको बा ९७ प ५४१३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटर साईकल सवार अर्को एक जना घाईते भएका छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा–११ नवलपुर बस्ने अन्दाजी १८।१९ बर्षीय अजय बिश्वकर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी मोटरसाइकलमा सवार अर्को घाईते भिमफेदि ९ नामटार घरभई हाल हेटौँडा–११ मा बस्दै आएको सुनिल सुनार घाईते भएको र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

Ad
Ad