मंगलबार रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज राति मनसुनको न्यून चापीय नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने अनुमान गरिएको हो । आज रातिदेखि भोलिसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद् बासीले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मौसमविद् बासीले मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका केही स्थानमा हल्काफुल्का पानी परिरहेको हुन सक्ने बताइन् । उनका अनुसार गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। एक–दुई ठाउँमा भारी वर्षा पनि भएको छ।