डिशहोमले आफ्नो ग्राहकलाई अझै बढी सेवासुविधा दिने उद्देश्यले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर सञ्चालन गरिरहेको छ ।

त्यही अफरमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिन पाइन्छ । त्यसैगरी, २ वर्षे रिचार्जमा विक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुने बताइएको छ । जसअन्तर्गत हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रति व्यक्ति एक/एक लाख नगद उपहार जित्ने डिशहोमले बताएको छ ।

विक्ली लक्की ड्रको विजेता घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरूको डिशहोम सेट-टप बक्सको क्यास आइडीको आधारमा गरिनेछ ।

प्रत्येक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नं. १०० र रमाईलो टिभीमा लक्की ड्रमाको प्रत्यक्ष प्रशारण हुने जानकारी गराइएको छ ।

अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरूलाई पनि यो अफरमा सहभागी गराईने बताइएको छ ।