Comments Add Comment

कम्प्युटर धेरै चलाउँदा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुनसक्छ

वर्तमान समय कम्यूटर र मोबाईलको हो भन्दा नी धेरै अनुपयुक्त नहोला । घर होस् कार्यालय, कम्प्यूटर र ल्यापटप त नभई नहुने भइसकेको छ । अब मानिसहरु ओछ्यानमै पनि मोबाइल बोकेर टोलाउने गर्छन् । कार्यालय होस् या घरमा मानिसहरुले धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन् । त्यसो त कम्प्यूटर र ल्यापटप नभए टिभी हेर्ने र नियमित मोवाइल चलाउने पनि कम छैनन् ।

प्रविधिले मानिसको दैनिकी सहज बनाइदिएको छ । तर यस्ता प्रविधिजन्य प्रविधियुक्त सामानहरुले मानवस्वास्थ्यमा निक्कै नराम्रो असर पारिरहेको छ । यस्ता इलेक्ट्रिकल सामानमा रमाउनेहरुलाई तत्कालिन रुपमा खासै समस्या नदेखिएपनि लामो समय सम्म यस्ता सामानहरुको धेरै प्रयोग गर्दा आखाँमा धेरै असर गर्ने गर्छ। त्यसैले यी सामानहरुको प्रयोग गर्दा ध्यान पुर्याउन नसके आँखा कमजोर हुँदै जान्छ । जसले गर्दा आखाँको कार्य क्षमता कमजोर हुने मात्रै नभई केही समयपछि आखाँको ज्योती समेत गुम्ने जोखिम हुने चिकित्सकहरुको भनाई छ ।

धेरै समय कम्प्युटर, ल्यापटप, मोवाइल चलाउने र टिभी हेर्ने मानिसहरुलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ को समस्या देखिने गरेको छ । पछिल्लो समय आँखाको समस्या लिएर आस्पताल जाने आधा भन्दा बढी मासिनमा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या देखिने गरेको समेत चिकित्सकहरुको भनाई छ ।

सामान्यतः स्वस्थ व्यक्तिले १ मिनेटमा १६ देखि २० पटकसम्म आँखा झिम्क्याउने गर्छन्। लामो समयसम्म टिभी हेरिरहने, कम्प्युटर, मोवाइल चलाइरहने गर्दा आँखा झिक्क्याउन कम हुने हुनाले आँखा सुख्खा भइ भिजन सिन्ड्रोम देखापर्ने चिकित्सकहरु बताउँछन् ।

कसरी जोगाउने ?

आँखाको परेलामाथि ४० वटा, तल्लो भागमा २५ वटा ग्रन्थी हुन्छ। यी ग्रन्थीहरुमा असर पर्ने वित्तिकै भिजन सिन्ड्रोमको लक्षण देखापर्ने हुँदा लामो समयसम्म टिभी हेर्ने, कम्प्युटर, मोवाइल, ल्यापटप चलाउनेहरुले निश्चित समय हेक्का राख्नुपर्ने हुन्छ।

लामो समयसम्म कम्प्युटर, ल्यापटप मोवाइलजस्ता डिजिटल सामान सकभर प्रयोग गरिरहनु हुँदैन, यदि गर्नै परेसामान्यतया यस्ता सामान चलाएको २० मिनेटपछि आँखालाई आराम दिनुपर्छ। जसले आँखाभित्र आँसु फैलाई सुक्खा हुन दिदैन। लामो समयसम्म कम्प्युटर, ल्यापटप मोवाइल चलाउनेहरुले ती सामान र आँखाबीचको दूरी ३५ देखि ४० सेन्टिमिटरसम्म राख्नुपर्छ। लामो समयसम्म एसी (एअर कुलर) भएको कोठामा बस्दा पनि आँखामा समस्या देखिने गर्छ।

यस्तै धेरै समय एसीमा बस्दा पनि आँखा सुक्खा हुन्छ, जसले गर्दा आँखाभित्रको नशा सुक्खा भई रगत जम्छ र आँखालाई चाहिने अक्सिजन पुक्दैन र दृष्टि कमजोर गराइदिन्छ। लामो समयसम्म कम्प्युटर, ल्यापटप मोबाइल जस्ता डिजिटल सामानको प्रयोग गर्दा भिजन सिन्ड्रोम देखिने र पछि दृष्टिनै कमजोर हुने हुँदा सकेसम्म धेरै समय यस्ता डिजिटल सामानबाट टाढै रहनु राम्रो हुन्छ। धेरै टिभी हेर्ने र कम्प्युटर चलाउने व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ। यसले सुख्खा हुन नदिई आँखामा पर्याप्त मात्रामा अक्सिजन पुर्याेउन मद्दत गर्छ। धेरै बेरसम्म एसीमा बस्नुहुँदैन।

राति धेरै समयसम्म मोवाइल, कम्प्युटर, ल्यापटप जस्ता डिजिटल सामानको प्रयोग गर्नुहुँदैन। रातको समयमा ती सामानले छोड्ने प्रकाश (लाइट) ले आँखामा एलर्जीसमेत हुन्छ। तपाईलाई आफ्नो आँखा कमजोर छैन, लेख पढ गर्न सजिलो छ जस्तो लागे पनि कम्तीमा वर्षको एकपटक आँखा जाँच गराउन उपयोगी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर