दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट ७ मा प्रवेश गरेका छन् । आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन् । हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृष्ट सातमा पर्न सफल अहिलेसम्मकै दिवेश पहिलो नेपाली हुन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् । टप ७ मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् ।