यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
निश्चलसँग स्वस्तिमाको ‘चट्ट रुमाल’(भिडियो)


रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘चट्ट रुमाल’ बोलको गीतमा निश्चल आफैंले स्वर भरेका छन् । र उनलाई स्वरमा नेपाल आइडलको तेस्रो सिजनकी प्रतिस्पर्धी मुस्कान रानाभाटले साथ दिएकी छिन् । रोशन थापाको संगीत रहेको गीतको भिडियोलाई निश्चलले नै निर्देशन गरेका छन् । गीतमा शब्द पनि निश्चल र प्रभाकर पाण्डेको रहेको छ ।

Advertisement
लोकलय रहेको डान्सिङ नम्बरको गीतमा निश्चलसँग स्वस्तिमाको जोडी बाधिएको छ र दुवैले निकै राम्रो नृत्य गरेका छन् र सधैझैँ दुवैको केमेस्ट्री निकै सुहाएको छ । निश्चल र स्वस्तिमाले म्युजिक भिडियोमा सहकार्य गरेको यो दोस्रो पटक हो । यसअघि ‘नाच फिरिरी’मा निश्चल र स्वस्तिमा सँगै देखिएका थिए ।
भिडियो हेर्नुहोस –