Menu

२० गते विर्तामोडबाट आरम्भ हुने भयो सप्तङ्ग : तयारी सकियो

सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरङ्गको दोस्रो संस्करण यही कार्तिक २१ गते बिहीबारबाट सुरु हुँदै छ । टिभिएस टु ह्वीलरको नेपाल स्थित एक आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि प्रायोजक रहेको कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्ने भएका छन्। आयोजक संस्था ग्रीष्मा ब्रोडकास्टिङका कार्यक्रममा विभिन्न गीतसङ्गीत, नृत्य आदि समावेश हुनेछ। जसमा राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, गायक हिमाल सागर, गायक प्रकाश सपुत, रवि ओढ र जितु नेपालको प्रस्तुति रहनेछ ।

नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रूपमा मनाउन लागेको सन्दर्भमा ‘पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि’ भन्ने नारासहित कल्पना गरिएको कार्यक्रम साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रम हो । कार्यक्रमको सुरुवात झापाको बिर्तामोडबाट सुरु हुनेछ । कार्यक्रम ४ गतेसम्म चल्ने छ । सातरङ्गको प्रतीक स्वरुपमा सात प्रदेशले सिँगारिएको र त्यसैको बिम्ब बनेर सातवटै प्रदेशमा यो सप्तरङ्ग सिरिज २ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न पाएकोमा आयोजक ग्रीष्मा ब्रोडकाष्टिङले आभार प्रकट गरेको छ । आफ्नो प्रिय कलाकारहरूलाई आफ्नै समीपमा प्रत्यक्ष देख्न र सुन्न तयार रहनु जगदम्बाले आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad