न्युज २४ बाट प्रशारण हुदै आईरहेको सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता तथा संचारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल मार्फत आफुहरु दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले लेखेका छन् – “मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गरेकोमा दुबैको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ, हामी दुबैको स्वास्थ्य अवस्था सामान्य छ, केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ ।” उनले आफुहरु घरमा दुई जना मात्र भएकाले समस्या नभएको तर, घरमा वृद्धवृद्धा अवस्थाका सदस्यहरु हुनेले विलकुल लापरवाही नगर्न अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू