नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई पेच मारी फेरी अर्को एउटा स्टाटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ ।

साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार र गुटबन्दी गरी चलचित्रहरू खेल्न नदिई चलचित्र क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्तसमेत हुनुपर्छ ।’ उनले चलचित्र क्षेत्रको सुधार नगर्ने हो भने यसमा करिअर बनाउन खोज्ने पढे लेखेका र योग्य कलाकारको खडेरी हुने साथै स्थापित कलाकारहरू विस्थापित हुने समेत बताएकी छन् । उनले सबैले आ(आफ्नो कमजोरीलाई सुधार गरी अगाडि बढ्नुपर्ने आवश्यकता समेत औल्याएकी छन् ।