Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अभिनेता दीपक वेब सिरिज बनाउने मुडमा

Company Register

अभिनेता दीपकराज गिरीले वेब सिरिज बनाउने मुडमा रहेको बताएका छन्। फेसबुकमा युवाहरुको साझा सञ्जालको रुपमा निकै चर्चित एमआरआरमा विशेष लाइभ आउदै उनले यस्तो कुराको खुलासा गरेका हुन्।

Advertisement

नयाँ बन्ने सिनेमाको काम र ‘तितो सत्य’ जस्तो सिरियल फेरि लिएर आउनु पर्ने सदस्यहरुको मागको बारेमा जवाफ दिदै दीपकले भने, ‘मैले सिनेमाको काम लकडाउन पछि ठ्याक्कै रोकेको छु। अब ‘तितो सत्य’ इतिहास बनिसकेको छ। त्यसलाई म चलाउन चाहान्नँ। बरु मेरो दिमागमा वेब सिरिज बनाउने की भन्ने सोँच आएको छ।’

यसबारे अध्ययन पनि गरिरहेको दीपकले खुलासा गरेका छन्। आफू माथि लागेका विभिन्न आरोप तथा जिज्ञासाको जवाफ दिँदै दीपकले वेबसिरिज कमेडी जनरा कै वेब सिरिज बनाउछन् वा अन्य जनराको वेबसिरिज बनाउने हो त्यो भने केही उल्लेख गरेका छैन।

कोभिड १९ (कोरोना)को प्रभावका कारण यसवर्ष दर्शकहरु हलमा जान डराउने छन्। प्रदर्शनमा आएका सिनेमाले आफ्नो लगानी सुरक्षित गर्ने अवस्था आउँछ भन्नेमा धेरैलाई शंसय पैदा भएको छ। किनकी कोभिड १९ को औषधी नबने सम्म दर्शकहरु हलसम्म जाने छैनन्। गए पनि उल्लेख्य मात्रामा जाने छैनन्। यसकारण यसवर्षको सिनेमा प्रदर्शनमा निकै जोखिम देखिन्छ। दर्शकहरुले घर मै बसेर टिभी, इन्टरनेटमा हेर्न सकिने हुदाँ सार्वजनिक रुपमा भिडभाड गरेर सिनेमा हेर्ने संस्कारमा पविर्तन नहोला भन्न सकिन्न।

सरकारले पनि कोरोनाको औषधी वा खोप नबनेसम्म सार्वजनिक स्थलमा भिडभाड नगर्न, मेला महोत्सव गर्नलाई कडाई गर्ने छ। यसको प्रभाव मनोरञ्जन क्षेत्रमा प्रत्यक्ष पर्नेछ।

तर यता वेबसिरिजमा नेटफ्लिक्स जस्ता कम्पनीहरुले लगानी बढाउदै सम्भावित दर्शकहरु खोज्दैछन्। बदलिदो समाज, सामाजिक दूरीका कारण यसवर्ष इन्टरनेटमै सिनेमा, वेबसिरिजको कारोबार बढ्ने देखिन्छ। यही परिवर्तित् समयलाई नजर अन्दाज गरेर हुनुपर्छ दीपकराज गिरीलाई वेब सिरिज निर्माण तर्फ ध्यान गएको ।

वेबसिरिज पछिल्लो समयमा युवापुस्ता र दर्शकमाझ निकै लोकप्रिय हुदै गएकोछ। घरमै बसेर सुविधा अनुसार हेर्न सकिने भएको कारण पनि यसका दर्शकहरु बढ्दो छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...