काठमाडौं – अर्जुन थापाको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘पिपलु’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन्।

रोमान्टिक शैलीमा बनेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर भएका छन्। भिडियोमा उनीहरूलाई रोमान्टिक देखाइएको छ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले कोरियोग्राफी गरेका छन्। अर्जुन तिवारीले खिचेको भिडियोका केही दृष्यहरू सुरेश काफ्लेले ड्रोनबाट लिएका छन्। भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू