यी हुन् अनुहारको पिम्पल हटाउने उपायहरु

अनलाइन पत्र संवाददाता२०७७ फाल्गुन १९ No Comments

किशोर अवस्थामा हर्मनमा हुने परिवर्तनसँगै प्रायको अनुहारमा पिम्पल आउँछ । पिम्पललाई कहिल्यै पनि निचर्नु हुदैन यसलाई निचोर्दा गालामा दाग बस्छ । पिम्पललाई हातले कहिल्यै पनि छुनु हुँदैन । अत्यधिक समस्या देखिएमा छालाविज्ञलाई देखाउनु पर्दछ ।

टुथपेस्ट – अनुहारमा टुथपेष्ट लगाउनुपर्छ भन्दा अचम्म लाग्छ होल तर टुथपेस्टमा सिलिका हुन्छ । पिम्पलमा हल्का टुथपेस्ट लागाउदा राम्रो हुन्छ ।

कच्चा आलु-  आलुलाई स्लाईस पार्नुहोस् र पिम्पलहरुमा बिस्तारै लगाउनुहोस । आलुमा हुने जलनबिरोधी तत्वले अनुहारको घाउलाई आनन्द प्रदान गर्छ । आलुको टुक्रा झन्डै ५ देखि १० मिनेट राख्नुहोस् ।

चियाको तेल – चियाको तेलमा पनि व्याक्टेरिया बिरोधी तत्व हुन्छ । यसले पिम्पललाई शान्त बनाउनुछ । यसको कुनै साईड इफेक्ट पनि हुँदैन ।

स्याउको भिनेगर-  स्याउको भेनेगरले पनि छालाका मृत कोषलाई नष्ट गरि छाला सफा बनाउँछ । भिनेगर लगाएर १० मिनेटपछि चिसो पानीले धुनुहोस् ।

Ad
Ad