स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको हो। विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन समेत सबैमा आग्रह गरे । उच्च रक्तचाप मृत्युको प्रमुख कारण बनेको भन्दै श्रेष्ठले भने, ‘अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको छ।’ उनले नियमित रक्तचापको चेकजाँच गराउँदा यसबाट निम्तिने जोखिमबाट बच्न सकिने बताए ।