Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

निवृत्त शिक्षक समाजको आयोजनामा भर्चुअल शुभकामना आदानप्रदान र कविता गोष्ठी सम्पन्न

Company Register

मकवानपुर – निवृत्त शिक्षक समाज मकवानपुरको आयोजनामा शनिबार भर्चुअल कविता गोष्ठी भएको छ ।

Advertisement

दशैँको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम र कविता गोष्ठीमा विभिन्न जिल्लाका २० जना साहित्यकारले आफ्नो रचना वाचन गर्नुभएको थियो । निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिव दयाल यादवकोे सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष धु्रवराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

निवृत्त शिक्षक समाजका केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लीला गौतम विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममा वाचित रचनाहरू बारे कवि सुवास खनालले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । टिप्पणी राख्दै खनालले निवृत्त शिक्षक समाजले प्रौढ साहित्यबारे अभियान चलाउनु उचित हुने सुझाव व्यक्त गर्नु भएको थियो । समाजका जिल्ला सचिव अभिमन्यू गौतमको सहजीकरणमा भएको उक्त कार्यक्रममा हरि घिमिरे ( गोर्खा ), रिषीकेश बराल (कास्की), चुडामणी वली ( काठमान्डौ ), जनार्दन खनाल (मकवानपुर), नारायणी अधिकारी (तनहु), ह्यग्रीव आचार्य (मकवानपुर ), सूर्य प्रसाद जमरकट्टेल (चितवन), दुर्गा प्रसाद दहाल ( रौतहट) लगायतले रचना वाचन गर्नुभएको थियो ।

सोही कार्यक्रममा ‘ननिदाएका शिक्षकहरू’का अभियन्ता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दहालले ‘ननिदाएका शिक्षकहरू’ कार्यक्रम फरक ढङ्गले काम गरिरहेका र सिर्जनात्मक ढङ्गले अघि बढेका शिक्षकहरूलाई उक्त कार्यक्रमले प्रोत्साहित गरिरहेको जानकारी पनि गराउनु भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...