Comments Add Comment

साहित्यकार तुल्सी थापा सम्मानित

हेटौंडा । मकवानपुरे साहित्यकार तुल्सी थापा सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा साहित्यकार थापालाई सम्मान गरिएको हो ।

 

मकवानपुरे साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संगमले नगद ५१ हजार राशी सहित सम्मान गरेको छ । साहित्यका विभिन्न पाटामा कलम चलाउँदै आएका थापालाई संगमले ३१२ औं साहित्य सन्ध्याको अवसरमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सम्मान गरेको हो । कविता, कथा, नाटक, दाना कवितालगायतका क्षेत्रमा कलम चलाउँदै मकवानपुरे साहित्यको उचाईलाई देशभर पु¥याउन अनवरत रुपमा लागि रहेका थापालाई संगमका संस्थापक तथा साहित्यकार नवराज शर्माले सम्मानपत्र प्रदान गरेका थिए । उनलाई सम्मानपत्र, दोसल्लासहित नगद प्रदान गरिएको थियो । संगमले प्रदान गरेको नगद ५१ हजार रुपैयाँ हाल अमेरिका निवासी मकवानपुरवासी गौरव थपलियाले उपलब्ध गराएका हुन् ।

सम्मानित साहित्यकार थापाको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार निमेष निखिलले बोलेका थिए । यस्तै थापाको दाना कविता, नाटकका विषयमा साहित्यकार केशव तौजले, सुवास खनाल र उज्वल भण्डारीले बताएका थिए । संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर