स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ८ को मत गणना जारी रहेको छ । हालसम्म ३७३१ मत गरिसक्दाको मत परिणाम अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवारले १०५२ , एमालेका उम्मेदवारले १४३० र राप्रपाका उम्मेदवारले ८८५ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका उम्मेदवारलाई १७६८ र एमालेका उम्मेदवारलाई १६०८ मत प्राप्त भएका छन् । यस्तै वडाध्यक्षमा गठबन्धनका उम्मेदवारले १८७१ र एमालेका उम्मेदवारले १६७० मत प्राप्त गरेका छन् ।