हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ को वडाध्यक्षमा एमालेका उम्मेदवार नविन सिग्देल विजयी भएका छन्। उक्त वडामा एमालेका प्यानलसहित विजयी भएको छ । बिहीबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार सिग्देल पुनःदोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन्। सिग्देलले कांग्रेसका उम्मेदवार हरिप्रसाद पौडेललाई पराजित गरेका हुन। सिग्देलले २११२ मत प्राप्त गर्दा कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार पौडेलले २०२३ मत प्राप्त गरेका हन।