Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

मकवानपुरमा बालबालिकाको पढाईका लागि अभिभावक नै माक्स बितरण गर्दै

Company Register

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिकाको अध्ययनका लागि विद्यालय व्यवस्थापन समितिले माक्स बितरण गरेको छ । समितिले आफ्नै लगानीमा माक्स खरिद गरी विद्यार्थीलाई बितरण गरेको हो । विद्यालयले आइतबारदेखि पठनपाठन सुरु गरिएको हो । विद्यालयमा अध्ययनरत ५ सय बालबालिकाको लागि एक हजार थान माक्स बितरण गरेको समितिका अध्यक्ष माधब गौतमले जानकारी दिए ।

प्रतिविद्यार्थी दुई थानका दरले माक्स बितरण गरिएको हो । नियमित पठनपाठनका लागि बालबालिकालाई सुरक्षा मापदण्ड पालना गर्नु जरुरी रहेकोले माक्स, सेनिटाईजर, साबुनपानीको ब्यबस्था गरिएको अध्यक्ष गौतमले बताए । अध्यक्ष गौतम, बिब्यस सदस्य राधाकृष्ण सिंखडा, मंगलबहादुर मोक्तानले एक हजार थान माक्स, सेनिटाईजर र साबुनको ब्यबस्था गरेका थिए । बालबालिकालाई अध्यापनका लागि बैकल्पिक ब्यबस्था गर्न असम्भव भएपछि सुरक्षाको मापदण्ड अपनाएर कक्षाकोठामै राखेर पठनपाठन सुरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सुसिल गौतमले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...