बागमती प्रदेश लोकसेवा आयोगद्धारा पहिलो पटक माग्यो यत्ति धेरै कर्मचारी(विज्ञापन सहित)

अनलाइन पत्र संवाददाता२०७७-०८-०९ No Comments

बागमती प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरिएको हो । प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुइ मन्त्रालय गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले बताएका छन् । प्रदेशभरीका ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुइवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रदेश निजामती सेवा बार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका सहायकस्तर चौथो तहका विभिन्न पदका ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन सोमबार गरिएको हो । सूचना सोमबारको गोरखापत्रमा प्रकाशित छ । प्रदेशका एक सय १९ वटा स्थानीय तह मध्यमा २२ वटा स्थानीय तहले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विबरण पठाएका हुन् । यता प्रदेश सरकारका ७ वटा मन्त्रालय मध्यमा दुइवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयलय २ जना कर्मचारी माग गरिएको हो । #जनपत्रबाट #

Ad
Ad