मकवानपुरको मनहरी गाउँपालिकाबाट बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नंम्बर ६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई प्रहरीले पक्राउ गरेको हो । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।