मकवानपुरमा सोमबार ३५ जनामा कोरोना पुष्टि

अनलाइन पत्र संवाददाता२०७७-०७-०३ No Comments

मकवानपुरमा सोमबार बिहान ३५ जना कोरोना संक्रमित थपिएका छन् । असोज ३० गते सङ्कलन गरिएको स्वाब परीक्षण गरिएकोमा ३५ जनामा कोरोना पोजेटभ देखिएको हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमित मध्य २१ जना पुरुष र १४ महिला रहेका छन् । हेटौंडा क्षेत्रका ३३ जना, बारा र बझाङ जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुरमा बस्दै आएका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

Ad
Ad