मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ५ स्थित पिप्लेमा रहेको एक रेष्टुरेण्टमा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीबाट ४ वटा कटेज पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाको बारूण यन्त्र, वडा प्रहरी कार्यालयको टोली र स्थानीयले सहयोग गरेको थियो । आगो करिब डेढ घण्टापछी मात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई आगलागी भएको र आगलागीबाट करिब ४ लाख बराबरको क्षति भएको प्रहरीले बताए ।