नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सांसद कुमारी मोक्तान मन्त्री बन्ने भएकी छन् । बुधबार मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले पदबाट राजिनामा दिएपछि आज बागमतीमा नयाँ सरकार बन्ने निश्चित भएको हो ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेसहित ४ प्रदेश सांसदले आज दिउँसो मन्त्रीको शपथ लिने तयारी गरिरहेको अवस्थामा मन्त्रीमा मकवानपुरका नेत्री माओवादी केन्द्रबाट मोक्तानको नाम सिफारिस भएको बताईएको छ । यसैगरि मन्त्रीमा एकीकृत समाजवादीकै कृष्ण खनाल र नेपाली कांग्रेसका कृष्णलाल भँडेलले पनि सपथ लिने बताईएको छ ।