तपाईको आजको  राशीफल

मेष (चुचेचोलालिलुलेलोअ)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ,वाविवुवेवो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन (काकिकुकेकोहा)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)
आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)
घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

कन्या (टोपापिपुपेपो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।

तुला (रारिरुरेरोतातितुते)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)
मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)
आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला ।

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मीन (दिदुदेदोचाचि)
 आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।