बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।

मुख्यमन्त्री पाण्डेसहित ४ मन्त्रीले शपथ लिएका छन् । काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्रीको शपथ लिएका छन् । भौतिक पूर्वाधार मन्त्रीमा भँडेल , सामाजिक विकास मन्त्रीमा मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्रीमा खनालले शपथ लिएका छन् । बाँकी मन्त्री तिहारपछि नियुक्त गर्ने भएका छन् ।