नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सांसद कुमारी मुक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छन् ।बिहिबार  मुक्तानलाई नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले नियुक्त गरेका हुन् । मुक्तान २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा निर्वाचन क्षेत्र नंबर (क) मा वाम गठवन्धन माओवादी केन्द्रबाट विजयी भएकी थिईन् ।