Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लागु औषधसहित प्रहरी जवानसहित दुई पक्राउ

Company Register

लागुऔषधसहित रौतहटबाट प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्। लागु औषधसहित पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाही दरवन्दी भई ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान रौतहट चन्द्रपुर नगरपालिका ३ गैंडाटार वस्ने ३२ बर्षका कमल धामी र सोही स्थानका ३० बर्षका राजु कुमार रहेका छन्।

Advertisement

सुराकीको आधारमा रौतहट प्रहरीले चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकमा चेकजाँच गर्नेक्रममा दुबै जनालाई पक्राउ गरेको हो। प्रहरी जवान धामीले चलाई आएको ना.५८ प.९५४८ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकलको पछाडि बसेका कुमरले हातले समातेर राखेको झोलाभित्रबाट ९ सय पिस लागुऔषध निट्राजेपाम टयाब्लेट बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। लागुऔषध र मोटरसाइकलसहित दुबैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको श्रेष्ठले बताए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...