Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

थाहा सञ्चारकाे वार्षिकाेत्सव : हेटौंडा बजार देखि सालक पार्कसम्म साइकल र्याली

Company Register

हेटौंडा – विन्दावासिनी मिडिया प्रा.लिद्धारा संचालित रेडियो थाहा सञ्चार ९९.६ को १२ औँ वार्षिकउत्सवको अवसरमा विभिन्न साताव्यापि कार्यक्रम गरी मनाइ रहेको छ। साताव्यापि कार्यक्रम अन्तर्गत फागुन ३ गते अर्थात् आज ‘ नेपाल भ्रमण वर्ष सफल पारौै , सालक संरक्षणमा भुमिका खेलौँ ‘ भन्ने नाराका साथ साइकल र्यालीको आयोजना गरिएको छ ।

Advertisement

Image may contain: 5 people, outdoor
फोटो श्रोत : शुशान्त कुमार श्रेष्ठ

हेटौंडा ४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणाबाट सुरु भएको र्यायालीमा ४० जना राइडर्सहरूको सहभागीता रहेको थियो। उक्त र्याली बुद्ध चोक हुदै कान्तिराजपथ,सानोपोखरा,पिप्ले,क्याम्पाडाँडा,न्युरेनि,चौघडा, चुच्चेखोला हुदै हेटौंडा १७ मा रहेको सालक पार्कमा सम्म पुगेर समापन भएको थियो। समापन कार्यक्रममा सहभागिहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलेलले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले रेडियो थाहासंचारले सालक संरक्षणमा देखाएको भुमिकाको प्रशंसा गर्नु भएको थियो।

कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, रानि सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायत संचारकर्मीहरु सहभागिता रहेको थियो।

वार्षिकोत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फागुन  ४ गते भोलि आइतबार पत्रकार र भेट्रान्स समुह बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताएका छन्।

केहि तस्बिरहरु

Image may contain: one or more people and outdoor
Image may contain: 6 people, including Sudarshan Khatiwada and Sushanta Kumar Shrestha, people smiling, outdoor
Image may contain: 2 people, outdoor
Image may contain: outdoor
Image may contain: 1 person, bicycle and outdoor
Image may contain: bicycle and outdoor
Image may contain: 24 people, outdoor

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...