Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चीनमा रहेका नेपालीलाई काठमाण्डौँ ल्याईयो

Company Register

चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आईतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । चीनको हुवाई प्रान्तका छ शहरमा रहेका १ सय ७५ जना नेपाली लिएर नेपाल वायुसेवा निगमको जहाज वुहानबाट हिजो राति त्यहाँको स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा काठमाडौँतर्फ प्रस्थान गरेको थियो ।

Advertisement

बेइजिङ दूतावासका डिसिएम सुशील लम्सालका अनुसार जहाजमा १ सय ७० विद्यार्थी, १ कामदार, २ अन्य यात्री र २ बालबालिका छन्। चीनमा रहेको नेपाली दूतावासले ६ विभिन्न सहरमा आउने नेपालीका लागि ६ वटा गाडीको व्यवस्था गरेको थियो । वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ यात्रु लिएर उक्त जहाज काठमाडौँ प्रस्थान गरेको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ । विमानमा चढ्नुअघि यात्रुहरुको आवश्यक स्वास्थ्यजाँचसाथै ज्वरो नापिएको थियो । चार जना यात्रुले अन्तिम समयमा वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनाले स्वास्थ्यका कारण विमानमा चढ्न पाएनन् । उक्त जहाजमा नेपालले चीनलाई सहयोग दिएका १ लाख मास्क पनि वुहान र्पुयाइएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...