मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफ्नो अग्रता कायमै राखेकी छन् । पछिल्लो मतपरिणाम अनुसार १२६६५ मत गणना गरिसक्दा डिनाले ६०५८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले ४१७४ मत ल्याएर पछ्याईरहेका छन् । थापा भन्दा डिना १८८४ मतले अगाडी छिन् । त्यस्तै राप्रपाका दीपक सिंहले ११७९ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डिना, थापा र सिंहसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मत गणना जारी रहेका छन् ।
मकवानपुर–१ मा थापा भन्दा डिना १८८४ मतले अघि
प्रकाशित मिती : २०७९ मंसिर ६ गते , मंगलबार
० प्रतिक्रिया