मकवानपुर क्षेत्र नंम्बर १ (क) अन्तर्गत प्रदेशसभा सदस्य तर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले अग्रता बनाएको छ । पछिल्लो मतपरिणाम अनुसार १२००२ मत गणना गर्दासम्म छिन्तुले ५००४ मत प्राप्त गरेर अग्रता बनाईरहेका छन् भने नेकपा एमालेका उम्मेदवार कमल बहादुर विष्टले ३६६५ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार सागर थापाले २४३३ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।