Comments Add Comment

कोरोना संक्रमण देखा परेसँगै हेटौँडाको खोपेगल्ली सिल

शनिबार हेटौंडा–४ खोपेगल्लीका एकजनामा कोरोना देखिएपछि खोपेगल्ली सिल गरिएको छ । दिनानुदिन हेटौँडामा कोरोना संक्रमण फैलिरहेको अवस्था छ । कोरोना संक्रमण फैलिन नदिन सावधानीका लागि कोरोना संक्रमण भएको ठाँउहरु सिल गर्दै आएको क्रममा खोपेगल्ली पनि सिल गरिएको हो । वडा अध्यक्ष नवीन सिग्देलक‍ो उपस्थितिमा वडा प्रहरी कार्यालयको टोलीले सिल गरि स्वास्थ्य सुरक्षा अपनाउन त्यहाँका सर्वसाधारणलाई आग्रह गरेको छ । तरकारी, फलफुल लगायतको पसल रहेको यस क्षेत्रमा विहान बेलुका किनमेलका लागि ग्राहकहरुको ठुलो भिड हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर