Comments Add Comment

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई पराजित गर्दै लियोन सेमिफाईनलमा प्रवेश

इंग्लिस क्लब म्यानचेस्टर सिटी लियोनसंग पराजित भएसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लियोनसँग पराजित भएसँगै उसँगै सिटीको च्याम्पियन्स लिगको यात्रा अन्तिम आठमै पूर्णविराम लागेको हो । शनिबार लिस्बनमा भएको खेलमा लियोन ३–१ गोलले विजयी भयो । लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे । सिटीका लागि केभिन डे ब्रुएनले दोस्रो हाफमा बराबरी गोल गरेपनि त्यसपछि गोलरक्षक एडरसनले खराब प्रदर्शन गर्दा सिटीले हारको सामना गर्नुपर्यो ।

खेलको २६औं मिनेटमा लियोनले अग्रता लिएको थियो । म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो । सिटीका लागि ६९औं मिनेटमा डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, त्यसको २ मिनेटपछि ७९औं मिनेटमा लियोनका मौसा डेम्बेलेले गोल गर्दै पुन अग्रता दिलाए । मैदान प्रवेश गरेको ४ मिनेट नबित्दै डेम्बेलेले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे । लगत्तै डेम्बेलेले नै ८७औँ मिनेटमा गोल गर्दै व्यक्तिगत दोस्रो तथा टिमका निर्णायक गोल गर्दै लियोनको अन्तिम चारको यात्रा सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर