फ्रेन्च लिग वानको नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो खेलमै पराजित भएको छ । लिग अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पीएसजी लेन्ससँग १(० ले पराजित भएको हो। पहिलो रोजाईका ७ खेलाडीबिनै मैदान उत्रिएको पीएसजी पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औँ मिनेटमा गोल खायो ।

लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै निर्णायक बन्यो। लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सले च्याम्पियन पीएसजीमाथि जीत निकालेको हो । पीएसजीका स्टार खेलाडीहरू नेयमार, केलियन एमबाप्पे, एन्जल डी मारिया लगायतका खेलाडीबिना मैदान उत्रिएको पीएजीले अब आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्नेछ ।