Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रुपन्देहीलाई हराउँदै मछिन्द्र क्लब माईभ्याल्ली गोल्डकपको सेमिफाइनलमा प्रवेश

मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५ – ३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनल पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका रञ्‍जित धिमाल, वुद्ध चेम्जोङ, विमल घर्ति मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे ।गोर्खाका फोडे फोफाना, सन्जिब लामा र गौतम श्रेष्ठले गोल गरे । तर, हम्जातको प्रहार पोस्टमा लागेर फर्किदा गोर्खा क्वाटरफाइनलमै रोकिनु पर्यो । अब मछिन्द्रले सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग खेल्नेछ । १० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...