Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७६ फागुन २० गते मंगलबारको राशिफल हेर्नुहोस्

Company Register
वि.सं. २०७६ फागुन २०। मंगलबार। इ.स. २०२० मार्च ३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। अष्टमी, ८:१२ उप्रान्त नवमी। नक्षत्र– मृगशिरा, ३०:५० बजेउप्रान्त आर्द्रा। योग– विष्कम्भ, ८:३२ बजेउप्रान्त प्रीति। करण– वव, ८:५२ बजेदेखि वालव, २०:५५ बजेउप्रान्त कौलव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृष, १:३५ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान २९ घडी १ पला। भौमाष्टमी व्रत। गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस (चीरस्वाय)। माझी समुदायको लडी पूजा।  
तपाइको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । आज सचेत रहनु होला । प्रेमीको सहयोग पाईनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...