Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपिएल : बेंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित

Company Register

आईपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १–१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।

Advertisement

जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए । पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि सिंगल लिए । तेस्रो बलमा बुमराहले कट बिहाइन्डको लागि अपिल गरेपछि अम्पायरले आउट दिए । तर दि भिलियर्सले रिभ्यु गर्दै निर्णय उल्टाएका थिए । चौथो बलमा डी भिलियर्सले चौका प्रहार गर्दै बेंगलोरलाई जितको नजिक पुर्याए । पाँचौ बलमा सिंगल लिएपछि कोहली अन्तिम बलमा १ रन आवश्यक परेको अवस्थामा स्ट्राइकमा आए । अन्तिम बलमा कोहलीले चौका प्रहार गर्दै बेंगलोरलाई जित दिलाए । त्यसअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...