Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७७ असोज १३ गते मंगलवारको राशिफल

Company Register

आजको पञ्चाङ्ग

Advertisement

बि.सं. २०७७ असोज १३ मंगलवार । इ.सं. 29 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनशरद ऋृतुअधिक आश्विन शुक्लपक्षतिथि त्रयोदशी , २२:३२ बजे उप्रान्त चतुर्दशी नक्षत्र शतभिषा , २५:५५ बजे उप्रान्त पूर्वभाद्रपदा योग शूल , २१:४० बजे उप्रान्त गण्ड करण कौलव १०:०५ बजेदेखि तैतिल , २२:३२ बजे उप्रान्त भद्रा चन्द्रराशि कुम्भ । आनन्दादी योग मृत्यु। दिनमान २९ घडी ४६ पला । सूर्योदय ०५:५६ बजे । सूर्यास्त बेलुका १७:५०

त्रयोदशी, अधिक आश्विन शुक्लपक्ष

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ , तर आफन्तको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लाभ,हानी, आय,व्यय, सुख,दु:ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिएका मित्रसँग नजिकिने समय छ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । बुद्धिको उपयोग गर्नाले कार्य सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक नहोला 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...