Comments Add Comment

आर्सनल सेमिफाइनल प्रवेश

इंग्लिस कारबाओ कपमा आर्सनल सेमिफाइनलमा पुगेको छ । गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनल सेमिफाइनल पुगेको हो । आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरे । सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर